एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा फ्राइबर्गलाई ४-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सहज जित निकालेको हो ।
डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै इम्री कान र फेलिक्स पास्लकले एक एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा कानले गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए ।

खेलको ६६ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फेलिक्सले गोल गर्दै डर्टमण्डलाई ४-० को सहज जित दिलाए ।
जितसँगै डर्टमण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ३ खेलमा २ जितसहित ६ अंक जोडेको छ ।
फ्राइबर्ग ३ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

अर्को खेलमा आइनट्राख्ट फ्रान्कफुर्ट होफेनहाइमलाई २-१ ले हराएर शीर्ष स्थानमा उक्लिएको छ ।
बोरुसिया मन्छेनग्लाडबाखले कोल्नलाई ३-१ ले पराजित गर्दा भेरडाआ ब्रेमेनले अर्मिनियालाई १-० ले हराएको छ ।
बायार लेवरकुसनले स्टुटगार्डसँग १-१ गोलको बराबरी खेलेको छ ।