सिटीका डिफेन्डर ओटामेन्डी पोर्चुगिज क्लबमा
बुधबार, असोज १४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डी पोर्चुगिज क्लब बेन्फिकामा अनुबन्धित भएका छन् ।
बेन्फिकाले डिफेन्डर ओटामेन्डीलाई म्यानचेस्टर सिटीबाट अनुबन्धन गरेको हो ।
३२ वर्षीय डिफेन्डरले बेन्फिकासँग ३ वर्षको सम्झौता गरेका छन् ।
बेन्फिकाले ओटामेन्डीलाई करिब १५ मिलियनमा अनुबन्ध गरेको हो ।
सिटीमा ५ वर्ष बिताएर ओटामेन्डी पोर्चुगिज क्लब आएका हुन् ।
स्पेनिस क्लब भ्यालेन्सियाबाट ओटामेन्डी सन् २०१५ मा सिटी आएका थिए ।
ओटामेन्डीले सिटीका लागि १ सय ३६ लिग खेलमा ८ गोल गरेका थिए ।
अर्जेन्टिनाका लागि ७० खेलमा उनले ४ गोल गरिसकेका छन् ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


