टोटेनहमसंग चेल्सी पराजित

एजेन्सी । कारबाओ कपको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसंग लण्डन क्लब चेल्सी पराजित बनेको छ ।
मंंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराएको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा टोटेनहम ५–४ ले विजयी बन्यो ।
चेल्सीका मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुकेका थिए । पछिल्ला ९ पेनाल्टीमा सफल भएका माउन्ट मंगलबार राति भने असफल बने ।
जितसंगै टोटेनहम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।
खेलमा अग्रता चेल्सीले १९ औं मिनेटमा टिमो वार्नरको गोलमा लिएको थियो । चेल्सीका लागि वार्नरले पहिलाे गाेल गर्न सफल रहे ।
खेल सकिन ७ मिनेट अघि इरिक लामिलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए ।
चेल्सीका नयाँ गोलकिपर एडोर्ड मेन्डीले लण्डन क्लबबाट डेब्यु गरे र पहिलो खेलमै प्रभाव छाड्न सफल रहे ।