सानेले डीएफएल सुपर कप गुमाउने
२०२० सेप्टेम्बर २९, मङ्गलबारखेलपाटी संवाददाता
एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखका विंगर लोरी साने २ साता मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटका कारण साने करिब २ साता मैदान बाहिर रहने भएका हुन् ।
जर्मन विंगर साने २ साता मैदान बाहिर हुने प्रशिक्षक हान्सी फ्लिकले पुस्टि गरेका छन् ।
चोट बोकेपछि सानेले डीएफएल सुपर कपको फाइनल समेत गुमाउने भएका छन् ।
सुपर कपको फाइनलमा बायर्नले बिहीबार बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।
म्यानचेस्टर सिटीबाट बायर्न आएका २४ वर्षीय सानेले यस सिजन ३ खेलमा एक गोल र दुई असिस्ट गरिसकेका छन् ।