मिडफिल्डर फिलिप वेस्ट ब्रुममै रहने
मंगलबार, १३ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । क्रोएसियन मिडफिल्डर फिलिप क्रोभिनोभिच थप एक सिजन वेस्ट ब्रुममै रहने भएका छन् ।
मिडफिल्डर फिलिपलाई थप एक सिजन क्लबमा राख्न वेस्ट ब्रुम सहमत भएका छन् ।
२५ वर्षीय मिडफिल्डर फिलिप गत सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट लोनमा वेस्ट ब्रुम आएका थिए ।
वेस्ट ब्रुम च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा हुँदा फिलिपले गत सिजन ४० खेलमा ३ गोल गरेका थिए ।
फिलिप सन् २०१७ मा बेन्फिका आएका थिए । उनले बेन्फिकाका लागि १७ खेलमा १ गोल गरेका थिए ।






-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)




-1767840835858.webp&w=3840&q=75)