लिभरपुलका गोलकिपर लोरिस बर्लिनमा
२०२० सेप्टेम्बर २९, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । लिभरपुलका गोलकिपर लोरिस कारिस जर्मन क्लब युनियन बर्लिनमा लोनमा अनुबन्धित भएका छन् ।
२७ वर्षीय गोलकिपरलाई बर्लिनले एक सिजनका लागि लोनमा अनुबन्धन गरेको हो ।
लिभरपुलको टिममा नियमित पर्न असफल हुँदै आएपछि उनी लोनमा अन्य क्लबबाट खेलिरहेका छन् ।
जर्मन गोलकिपर कारिसले लगातार तेस्रो सिजन लोनमा खेल्न लागेका हुन् ।
यस अघि उनले दुई सिजन टर्किस क्लब बेसिकाट्सबाट खेलेका थिए ।
सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा खराब प्रदर्शन गरेपछि लोरिसले लिभरपुलको प्लेइङ सेटमा कम मौका पाउदै आएका छन् ।
युक्रेनको किभमा भएको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई हराउदै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उक्त खेलमा लोरिसले गल्ती गर्दा रियलले ३-१ को जित निकालेको थियो ।