एजेन्सी । अपराजित लिली लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति नान्टलाई २–० ले पराजित गर्दै लिली लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
लिलीले एक आत्मघाति गोल उपहार पाएको थियो भने अर्को गोल पेनाल्टीमा गरेको थियो ।
निकोलस पालोइसले ४३ औं मिनेटमा आत्मघाति गोलमार्फत खेलमा अग्रता बनाएको थियो ।
खेल सकिन तीन मिनेट अघि बुर यिलमाजले पेनाल्टीमा गोल गर्दै लिलीको जित सुनिश्चित गरेका थिए ।
लिलीले ५ खेलबाट ११ अंक जोडेको छ । लिलीले दोस्रो स्थानको सेन्ट इटियेनसंग एक अंकको अग्रता लिएको छ । इटियेनले शनिबार राति रेनेससंग प्रतिस्पर्धा गर्दैछ ।
नान्टले समेत पछिल्ला ५ बर्षमा लिलीलाई पराजित गर्न सकेको छैन । नान्ट ५ अंक जोड्दै तालिकाको १४ औं स्थानमा रहेको छ ।