लगातार २ खेलमा बेन्चमा बसे सन्दीप
बिहिबार, १७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल)को तेस्रो खेलमा प्लेइङ ११ मा पर्न असफल भएका छन्।
उनी आबद्ध राजशाही वारियर्सले अहिले रंगपुर राइडर्ससँग खेलिहेको छ। तर, यो खेलमा भने सन्दीपले आफ्नो स्थान बनाउन सकेनन्।
सन्दीपले सिल्हेट टाइटन्स र ढाका क्यापिटल्सविरुद्ध खेलेका थिए। तर, यी दुई खेलमा उनी महँगो सावित भए।
उनले दुई खेलमा ८ ओभर बलिङ गर्दै ९.१२ को इकोनोमीमा ७३ रन खर्चिए। यसक्रममा उनले ३ विकेट हात पारे।
सिल्हेटविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर २ विकेट लिएका थिए।
ढाकाविरुद्ध भने समान ओभर गर्दै ३५ रन खर्चिएर १ विकेट लिएका थिए। त्यसपछि टोलीले नोआखली एक्सप्रेससँगको खेलमा बेन्चमा राखेको थियो। त्यसयता उनी टोलीमा अटाउन सकेका छैनन्।












-1767268406472.png&w=3840&q=75)


