एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ब्रुमले स्ट्राइकर कलुम रोबिनसनलाई अनुबन्ध गरेको छ ।
वेस्ट ब्रुमले रोबिनसनलाई सेफिल्ड युनाइटेडबाट अनुबन्ध गरेको हो ।
रिपब्लिक अफ आयरल्याण्डका स्ट्राइकर रोबिनसनले वेस्ट ब्रुमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन रोबिनसनले वेस्ट ब्रुमबाटै लोनमा खेलेका थिए ।
गत सिजन रोबिनसनले च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १६ खेलमा ३ गोल गरेका थिए ।
वेस्ट ब्रुम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।
रेलिगेसनमा परेको दुई सिजनपछि वेस्ट ब्रुम प्रिमियर लिगमा फर्केको हो ।
वेस्ट ब्रुमले यस सिजन तेस्रो खेलाडीको रुपमा रोबिनसनलाई अनुबन्ध गरेको हो ।