एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्ट्राइकर ओली वाट्किन्सलाई अनुबन्ध गरेको छ ।
एस्टनले २४ वर्षीय फरवार्डलाई च्याम्पियनसिप क्लब ब्रेन्टफोर्टबाट अनुबन्ध गरेको हो ।
वाट्किन्सले एस्टनसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका वाट्किन्सलाई २८ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
च्याम्पियनसिप खेलाडीको लागि प्रिमियर लिगले तिरेको यो दोस्रो सर्वाधिक रकम हो ।
यस अघि म्यानचेस्टर सिटीले नाथन एकेलाई ४० मिलियन पाउण्ड खर्च गरेको थियो ।
गत सिजन च्याम्पियनसिपमा वाट्किन्सले २६ गोल गरेका थिए ।