एजेन्सी । मासन ग्रिनउड र फिल फोडेनलाई इंग्ल्यान्डको राष्ट्रिय टिमबाट निकालिएको छ ।
आइसल्याण्ड भ्रमणको क्रममा टिम रहेको होटलमा केटी ल्याएको भन्दै दुवैलाई कारबाही स्वरुप राष्ट्रिय टिमबाट निकालिएको हो ।
दुवैलाई क्वारेन्टिनको नियम उल्लंघन गरिएको आरोप लगाईएको छ ।
१८ बर्षका ग्रिनउड र २० बर्षका फोडेनले शनिबार आइसल्याण्डबिरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

फोडेनको दुई बर्षको छोरा रहेको छ । उनी लामो समयदेखि सम्बन्धमा छन् । मासनले गत मेमा मात्र आफ्नो केटी साथीसंग सम्बन्ध तोडेका थिए ।
होटलमा केटी बोलाएर नियम तोडेको भन्दै दुवैलाई अनुशासनको कारबाही गरिएको छ ।
कोरोना महामारीका कारण खेलाडीलाई कडा नियममा राखिएको थियो ।
आइसल्याण्डको एक मिडियाले दुवै खेलाडीले नियम उल्लंघन गरेको तस्विर सहित समाचार बाहिर ल्याएको थियो ।

म्यान्चेष्टर सिटीका फोडेनले ग्यारेथ साउथगेट नेतृत्वको इङ्ल्याण्डबाट सुरुवाती सेटमै रहेर मैदान उत्रिएका थिए । ग्रिनउड बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
इङ्ल्याण्डले मंगलबार राति नेसन्स लिग फुटबलमा डेनमार्कसंग खेल्दैछ । तर दुवै खेलाडी इङ्ल्याण्डको टिममा उपलब्ध हुने छैनन् ।

दुवै खेलाडी सोमबारको अभ्यासमा अनुपस्थित रहेका थिए । इङ्ल्याण्डको फुटबल संघले गर्ने कारबाहीको बिषय तत्काल खुलेको छैन ।
‘हामीलाई कोभिड–१९ को नियमको बारेमा केही जानकारी थिएन । उनीहरुले कहिल्यै हामीलाई तस्विर नलिनका लागि भनेनन् ।’ भिडियो लिने एक महिलाले भनेकी छिन् ।