एजेन्सी । प्रिमियर लिग क्लब न्युकासल युनाइटेडले फरवार्ड कलुम विल्सनलाई अनुबन्ध गरेको छ ।
न्युकासलले च्याम्पियनसिप क्लब बर्नेमाउथबाट विल्सनलाई अनुबन्ध गरेको हो ।
२८ वर्षीय फरवार्डले न्युकासलसँग चार वर्षको सम्झौता गरेका छन् ।
बर्नेमाउथ च्याम्पियनसिपमा घटुवा भएपछि विल्सनले क्लब छाडेका हुन् ।
विल्सन सन् २०१४ मा बर्नेमाउथ आएका थिए ।
इंग्ल्यान्डका फरवार्ड विल्सनले गत सिजन ३५ प्रिमियर लिग खेलमा ८ गोल गरेका थिए ।
उनले बर्नेमाउथका लागि कुल १ सय ७१ खेलमा ६१ गोल गरेका थिए ।
इंग्ल्यान्डका लागि ४ खेलमा उनले १ गोल गरेका छन् ।