एजेन्सी । जर्मनी र स्विट्जरल्याण्डले नेसन्स लिग फुटबलमा आईतबार राति बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह डी अन्तर्गत स्विट्जरल्याण्डको बसेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
नेसन्स लिगमा जर्मनी पहिलो जित दर्ता गर्न असफल छ । उसले समूह चरणको पहिलो खेलमा स्पेनसंग बराबरी खेलेको थियो ।
म्यान्चेष्टर सिटीका मिडफिल्डर इन्के गुन्डोगनले गोल गर्दै पाहुना टोलीलाई खेलमा अघि बढाएका थिए । उनले खेलको १४ औं मिनेटमा २० यार्ड टाढाबाट गोल गर्दै जर्मनीलाई खेलमा अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा सिल्वन विडमरले पेनाल्टी एरियाबाट गोल गर्दै स्विट्जल्याण्डका लागि बराबरी गोल फर्काए ।
समूहमा स्विट्जल्याण्डले पहिलो अंक जोड्यो । जर्मनीले दुई खेलमा बराबरी खेल्दै २ अंक बनायो ।
जर्मनीले सन् २०१४ मा विश्वकप जितेको थियो । दुई बर्ष अघिको नेसन्स लिगको सुरुवात चार खेलमा जर्मनी जित निकाल्न असफ लबनेको थियो ।