एजेन्सी । नेसन्स लिग फुटबलमा बेल्जियमले डेनमार्कलाई २–० ले हराएको छ ।
समूह बीको खेलमा गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कबिरुद्ध सहज जित निकालेको हो ।
बेल्जियमले आफ्ना पछिल्ला ११ खेलमा जित निकाल्न सफल भएको छ ।
नेसन्स लिगमा इङ्ल्याण्डबिरुद्ध उत्रनु अघि डेनमार्कको १५ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

बेल्जियमको जितमा जेसन डेनियर र डेरिस मार्टेन्सले एक एक गोल गरे ।
डेनियरले नवौं मिनेटमा बेल्जियमलाई अघि बढाएका थिए । ७६ औं मिनेटमा नापोलीका मार्टेन्सले गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरेका थिए ।
क्रिस्टियन इरिक्सन प्रेरित डनमार्कलाई लिभरपुरबाट निरन्तर खेलिरहेका सिमोन मिग्नोलेटले निराश पारेका थिए ।
सोही समूहको अर्को खेलमा इङ्ल्याण्डले आइसल्याण्डमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्दै इङ्ल्याण्डलाई जित दिलाएका थिए ।