एजेन्सी । नेसन्स लिग फुटबलमा फ्रान्सले स्विडेनलाई हराएको छ ।
शनिबार समूह जेको खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको हो ।
फ्रान्सका जितमा केलियन एम्बाप्पेले ४१ औं मिनेटमा विजयी गोल गरे ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का २१ बर्षिया फरवार्डले तीन डिफेन्डरलाई बिट गर्दै पोस्टको नजिकैबाटै गोल गरेका थिए ।

सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकाल्याे । उसले क्राेएसियालाई ४–१ ले हरायो ।
साविक विजेता पोर्चुगलका लागि म्यान्चेष्टर सिटीका डिफेन्डर जोआओ क्यान्सिलो, उल्भ्सका मिडफिल्डर डिओगो जोटा र एटलेटिको मड्रिडका जोआओ फेलिक्सले गोल गर्दै ३–० ले अघि बढाएका थिए ।
दोस्रो हाफका ईन्जुरी समयमा क्रोएसियाका ब्रूनो पेटकोविकले एक गोल फर्काएका थिए । तर खेलको अन्तिम समयमा आन्द्रे सिल्भाले एक गोल गर्दै पोर्चुगललाई ४–१ को शानदार जित दिलाए ।
समूह जेमा फ्रान्स र पोर्चुगलले जित निकाल्दै समान ३ अंक जोडेका छन् ।