इंग्ल्यान्डको जितमा स्टर्लिङको निर्णायक गोल

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।
आयरल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे ।
दुबै टिम १० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।
आयरल्याण्डका डिफेन्डर इन्गासनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसमा स्टर्लिङ चुकेनन् ।
तर, खेलको इन्जुरी समयमै बिर्किरले पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टिम स्तब्ध बन्यो ।
इंग्ल्यान्डका जोसेप गोमेजले होल्मबेर्ट आरोनलाई आफ्नो डिबक्सभित्र फल गरेपछि आयरल्याण्डले पेनाल्टीको अवसर पाएको थियो।
तर, बिर्किरको पेनाल्टी प्रहार बाहिरिएको थियो ।
त्यस अघि खेलको ७१ औं मिनेटमा केली वाल्करले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ८९ औं मिनेटमा इन्गासन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा घरेलु टिम समेत अन्तिम समय १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै लिग 'ए' समूह २ मा इंग्ल्यान्डले ३ अंक जोडेको छ । इंग्ल्यान्ड तालिकाको शीर्ष स्थानाम रहेको छ ।