बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सुआरेजको विल्कप डिपे !

शनिबार, २० भाद्र २०७७खेलपाटी संवाददाता
सुआरेजको विल्कप डिपे !
Classic Tech Internet Ad

एजेन्सी । बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपेलाई अनुबन्धनको तयारी गरेको छ ।

म्यान्चेष्टर युनाईटेडका पूर्व खेलाडी डिपेलाई बार्सिलोनाले नयाँ फरवार्डको रुपमा अनुबन्धनको तयारी गरेको हो ।

डच खेलाडी डिपेलाई स्पेनिस महारथी क्लबमा लुईस सुआरेजको विकल्पको रुपमा हेरिएको छ ।

बार्सिलोनाको कमाण्ड सम्हाल्न आईपुगेका प्रशिक्षक रोनाल्ड कोम्यान टिम पुनर्निमाणमा जुटेका छन् । बायर्न म्युनिखसंग ८–२ ले पराजित बनेपछि बार्सिलोनाले कोम्यानलाई नयाँ प्रशिक्षकको रुपमा नाउ क्याम्पको जिम्मेवारी दिएको छ ।

सुआरेजलाई बार्सिलोनामा एक्लै प्रशिक्षण गर्ने अवस्था सिर्जना गरिएको छ । उनलाई यस समर ट्रान्सफरमा क्लब बाहिर पठाउन चाहन्छ ।

उरुग्वेका फरवार्ड ब्यक्तिगत रुपमा सिरि ए च्याम्पियन युभेन्ट्स जाने बिषयमा सहमत बनेका छन् ।

कोम्यान जति सक्दो चाँडो डच खेलाडी डिपेलाई क्याम्प नाउमा उतार्न चाहन्छन् ।

नेदरल्याण्डका फरवार्ड गत सिजन निकै राम्रो फर्ममा देखिएका थिए । उनले लिग वानका २६ खेलमा १५ गोल गरेका थिए ।

लिग वानको उद्घाटन खेलमा उनले गत हप्ता मात्र ह्याट्रिक गरेका थिए ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडमा दुई बर्ष बिताएका डिपे क्लबमा प्रभाव छाड्न असफल रहेका थिए ।

बार्सिलोनालाई तत्काल सुआरेजको विकल्पको रुपमा नयाँ फरवार्ड चाहिएको छ । सोही अनुसार क्लबले डिपेलाई १७ मिलियन पाउण्डमा अनुबन्धन गर्ने सकिने विश्वास गरेको छ । उनको क्लबसंग अझै १ बर्षको सम्झौता बाँकी रहेको छ ।

सुआरेज यसै महिना बार्सिलोनामा ६ बर्षको बसाईलाई बिट मार्दैछन् । उनी सन् २०१४ मा क्याटलान क्लबमा ७५ मिलियन पाउण्डमा अनुबन्धन भएका थिए ।

सुआरेज बार्सिलोनाका कप्तान लियोनल मेस्सीका राम्रा मित्र हुन् । क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउले सुआरेजलाई क्लब बाहिर पठाउन खोजेपछि मेस्सी समेत असन्तुष्ट थिए ।

तर अर्जेन्टिनी फरवार्ड थप एक सिजन बार्सिलोनामै बस्ने निश्चित भएको छ । मेस्सी बार्सिलोनामा बस्ने भएपछि नयाँ प्रशिक्षक कोम्यानलाई केही राहत मिलेको छ ।

डिफेन्डर जेरार्ड पिके र सर्जियो बुस्केटको समेत बार्सिलोनाको करियर सकिन लागेको आँँकलन गरिएको छ ।

नयाँ प्रशिक्षक कोम्यानले डिपेलाई बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको साझेदारको रुपमा मैदानमा उतार्न चाहेको देखिन्छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

Bajaj Pulsar Motorcycle Ad
 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित