एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब फुलहमले डिफेन्डर एन्टोनी रोबिनसनलाई अनुबन्ध गरेको छ ।
फुलहमले लिग वान क्लब विगान एथ्लेटिकबाट डिफेन्डर रोबिनसनलाई अनुबन्ध गरेको हो ।
अमेरिकाका लेफ्ट ब्याक रोबिनसनले फुलहमसँग चार वर्षको सम्झौता गरेका छन् ।
फुलहमले रोबिनसन अनुबन्धको मूल्य भने खुलाएको छैन । स्काई स्पोर्ट्सले उनी २ मिलियन पाउण्डमा फुलहम आएको जनाएको छ ।
२३ वर्षीय डिफेन्डरलाई गत जनवरीमा इटालियन क्लब एसी मिलानले अनुबन्धको प्रयास गरेको थियो । तर,अन्तिम समयमा मिलान उनलाई अनुबन्ध गर्न असफल भएको थियो ।

फुलहम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।
च्याम्पियनसिपको प्ले अफमा ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो ।
फुलहमले सेप्टेम्बर १२ मा आर्सनलसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।