बार्सिलोनामा स्पेनका युवा मिडफिल्डर
बिहिबार, ०४ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस युवा मिडफिल्डर पेड्रो गोन्जालेज लोपेजलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले १७ वर्षीय अट्याकिङ मिडफिल्डर पेड्रोलाई दोस्रो डिभिजन क्लब लास पाल्मसबाट अनुबन्ध गरेको हो ।
बार्सिलोनाले पेड्रो अनुबन्धका लागि गत सेप्टेम्बरमा नै पाल्मससँग सहमति गरेको थियो ।
पेड्रोले पाल्मसका लागि ३६ खेलमा ४ गोल गरेका थिए ।

उनी १६ वर्षको उमेरमा गोल गर्दै पाल्मसको क्लब इतिहासमै सर्वाधिक कम उमेरको गोलकर्ता बनेका थिए ।
पेड्रोले स्पेनको यू-१७, यू-१८ र यू-१९ टोलीबाट खेलिसकेका छन् ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


