एपीएफका थप एक फुटबलरलाई कोरोना
२०२० अगस्ट २०, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफ फुटबल क्लबका थप एक खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
एपीएफ क्लबबाट 'ए' डिभिजन लिग खेलिसकेका थप एक खेलाडीलाई बुधबार कोरोनाको संक्रमण देखिएको हो ।
कोरोना पोजेटिभ देखिने खेलाडीको नाम गोप्य राखिएको छ ।
‘बुधबार पुनः हाम्रो एक खेलाडीको कोरोना देखिएको छ,’ एपीएफ स्रोतले खेलपाटीसँग भन्यो ।
कोरोना देखिएका खेलाडीलाई बुधबारनै बलम्बुस्थित एपीएफको अस्पतालमा पुर्राईएको छ ।
गत हप्तामात्रै एपीएफका एक खेलाडीमा कोरोना पोजिटिभ देखिएको थियो ।
बुधबार कोरोना देखिएका खेलाडी सर्लाही स्थित बोर्डरमा कार्यरत थिए । गत हप्ता कोरोना देखिएका र बुधबार कोरोना देखिएका दुबै खेलाडी रुम पार्टनर समेत हुन् ।
एपीएफले कोरोना महामारीबीच आफ्ना खेलाडीलाई ड्युटीमा खटाएको थियो ।