च्याम्पियन लिभरपुलकाे पहिलो खेल लिड्ससँग

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
प्रिमियर लिगले बिहीबार २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ । सिजन २०२१ को मे २३ मा सकिनेछ ।
नयाँ सिजनको खेल तालिका अनुसार पहिलो दिन ६ खेल हुनेछ ।
जसमा साविक विजेता लिभरपुलले नव प्रवेशी क्लब लिड्स युनाइटेडसँग खेल्नेछ ।
३० वर्षपछि गत सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ ।
लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो । लिड्सले च्याम्पियनसिपको उपाधि जितेको थियो ।
पहिलो दिन नै आर्सनलले फुलहमसँग खेल्नेछ ।
यस्तै लेष्टर सिटीले वेस्ट ब्रुमसँग खेल्दा टोटेनहमले एभर्टनसँग खेल्नेछ ।
त्यस्तै साउथह्याम्पटन र क्रिस्टल प्यालेस तथा वेस्ट ह्याम र न्युकासल युनाइटेड पनि पहिलो दिन भिड्ने छन् ।
चेल्सीले भने सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ । त्यहिँ दिन सेफिल्ड र उल्भ्सबीच समेत खेल हुनेछ ।
म्यानचेस्टर सिटीले पहिलो खेलमा एस्टन भिल्लासँग खेल्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ । यस खेलको मिति तोकिएको छैन ।
प्रिमियर लिगको खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस ।







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)