सेफिल्ड फर्किए गोलकिपर आरोन
२०२० अगस्ट २०, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले गोलकिपर आरोन रामस्डेललाई अनुबन्ध गरेको छ।
पूर्व गोलकिपर समेत रहेका आरोनलाई सेफिल्डले बर्नेमाउथबाट अनुबन्ध गरेको हो । सेफिल्डले १८.५ मिलियन पाउण्डमा आरोनलाई क्लब फर्काएको हो ।
२२ वर्षीय आरोनले सेफिल्डसँग चार वर्षको सम्झौता गरेका छन् ।
'धेरै भाग्यशाली छु किनकि म घर फर्केर आउन सक्षम भएँ,' सम्झौतापछि उनले भने, 'म निकै उत्साहित छु । मैले छाडेका र नयाँ साथीहरुसँग भेट्न पाएको छु ।'
आरोनले सेफिल्डमा डीन हेन्डरसनको स्थान लिने सम्भावना रहेको छ । हेन्डरसन म्यानचेस्टर युनाइटेड जाने बताईएको छ ।
आरोन सन् २०१७ को जनवरीमा बर्नेमाउथ गएका थिए ।
पछिल्लो सिजन बर्नेमाउथका लागि उनले ३७ खेल खेलेका थिए । तर, बर्नेमाउथ दोस्रो डिभिजनमा घटुवा भएको थियो ।