बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. ‘एम्बाप्पेको फिटनेसनै पीएसजीलाई पर्याप्त’

‘एम्बाप्पेको फिटनेसनै पीएसजीलाई पर्याप्त’

२०२० अगस्ट १७, सोमबारखेलपाटी संवाददाता

‘एम्बाप्पेको फिटनेसनै पीएसजीलाई पर्याप्त’

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेलले फरवार्ड केलियन एम्बाप्पेको फिटनेसनै च्याम्पियन्स लिगको सेमिफाईनलमा उत्रन पर्याप्त हुने बताएका छन् ।

उनले एम्बाप्पे फिटनेस सेमिफाईनलमा आरबी आईपेजिगबिरुद्ध खेल्न आफुहरुलाई पर्याप्त हुने बताएका हुन् ।

मंगलबार राति पीएसजीले च्याम्पियन्स लिगको सेमिफाईनल खेलमा जर्मन क्लब आरबी लाईपेजिगसंग प्रतिस्पर्धा गर्दैछ ।

पैतालामा चोट बोकेका फ्रान्सका अन्तराष्ट्रिय फरवार्ड च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा एटलान्टाबिरुद्ध दोस्रो हाफमा मैदान छिरेका थिए । एम्बाप्पे प्रेरित पीएसजीले खेलको अन्तिम समयमा २–१ को पुनरागमन जित निकालेको थियो ।

पीएसजीका प्रशिक्षक टुचेलले २१ बर्षिया फरवार्डलाई सुरुवाती प्लेईङ सेटमा मैदान उत्रने निश्चित गरेका छैनन् । तर लाईपेजिगबिरुद्ध कुनैपनि रुपमा एम्बाप्पे मैदान उत्रने टुचेलले अपेक्षा गरेका छन् ।

Kylian Mbappe has hit out at the critics of the French league following European progress

‘उनले एटलान्टाबिरुद्ध ३० मिनेट खेलेका थिए । उनले आफ्नो क्षमतामा वृद्धि गरेका छन् ।’ टुचेलले भनेका छन् ।

‘उनले सुरु गर्न सक्नेछन् । तर उनले ९० मिनेट खेल्ने कुरा हेर्न बाँकी छ । प्रशिक्षणपछि उनले सुरुवात गर्ने÷नगर्ने बिषय तय हुनेछ ।’ टुचेलले थपे ।

एम्बाप्पेले पीएसजीलाई सेमिफाईनल पुर्याउन मुख्य भूमिका खेलेका थिए । उनले चौपो मोटिङका लागि विजयी गोल गर्न पास उपलब्ध गराएका थिए । त्यसअघि नेयमारको पासमा मार्कुन्होसले बराबरी गोल फर्काएका थिए ।

सेमिफाईनलको खेलमा दुवै फरवार्ड उपलब्ध हुदाँ टुचेललाई राहत मिलेको छ ।

Mbappe was needed to come off the bench to help fire his PSG side through to the last four

‘त्यो नै हाम्रो बलियो पक्ष हो ।’ उनले नेयमार र एम्बाप्पेको बारे भने, ‘उनीहरुले जहिल्यै फरक गर्छन् । नेयमारको ड्रिब्लिङ र केलियन एम्बाप्पेको गतिको मिश्रण सधै राम्रो हुन्छ । जो सधै गोल गर्न भोको रहन्छन् ।’

‘नेयमार नेतृत्वको हिसाबले अलि फरक छन् । उनीसंग क्षमता छ । उनी मैदानमा निकै आत्मविश्वासी देखिन्छन् ।’ टुचेलले भने ।

‘उनी सधै जित्न चाहन्छन् । सधै भिड्न चाहन्छन् । उनी प्रतिस्पर्धा गर्न मन पराउँछन् । त्यो नै नेतृत्व गर्नेलाई आवश्यक पर्छ ।’ उनले भने ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

Bhat Bhateni
एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल