टेबलटेनिस खेलाडीलाई लोमसको सहयोग
सोमबार, भदौ १, २०७७खेलपाटी संवाददाता

काठमाडौं । लोमस फर्मासिउटिकल्सले टेबलटेनिसका राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई सेनिटाइजर र भिटामिन सीको क्याप्सुल प्रदान गरेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेका खेलाडी र प्रशिक्षकलाई लोमसले सहयोग गरेको हो ।
लोमसका निर्देशक प्रणवजंग पाण्डेले उक्त सामाग्री खेलाडी तथा प्रशिक्षकलाई हस्तान्तरण गरेका थिए ।
सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै राष्ट्रिय टिममा रहेका टेबलटेनिसका खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।
कोरोना भाईरसको महामारीबाट जोगिन सरकारले चैतबाट गरेको लकडाउन साउन ६ गतेबाट अन्त्य भएको थियो ।






copy-1761474438174.jpg&w=3840&q=75)





-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)


