एजेन्सी । लिभरपुलका फरवार्ड साडियो मानेले 'पीएफए फ्यान्स प्लेयर अफ दि इयर' अवार्ड जितेका छन् ।
प्रिमियर लिगको २०१९/२० को सिजन समर्थकले सर्वाधिक रुचाएका खेलाडी बन्दै मानेले फ्यान्स प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।
लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्दा मानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १८ गोल गर्नुका साथै गोलका लागि ७ असिस्ट गरेका थिए ।
सेनेगलका मानेले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन र टिम मेट ट्रेन्ड एलेक्जेन्डर आर्नोल्डलाई पछि बनाए ।
समर्थकबाट मानेले ४१ प्रतिशत भोट प्राप्त गरेका थिए । यस्तै ब्रुएनले २७ र आर्नोल्डले १७ प्रतिशत मत पाएका थिए ।
ब्रुएनले प्लेयर अफ दि सिजन अवार्ड जित्दा आर्नोल्डले योङ प्लेयर अफ दि इयर अवार्ड जितेका थिए ।