एजेन्सी । म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा डिफेन्डर भिसेन्ट कोम्पनीले व्यवसायिक फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
बेल्जियमका डिफेन्डरले सोमबार व्यवसायिक फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
सिटीमा ११ वर्ष बिताएका कोम्पनीले गत सिजन क्लब छाडेका थिए ।
सिटी छाडेपछि ३४ वर्षिय कोम्पनी खेलाडी र व्यवस्थापकको रुपमा बेल्जियमको क्लब एण्डरलेच्ट गएका थिए । जुन उनको पहिलो क्लब समेत हो ।
अब कोम्पनी एण्डरलेच्टको मुख्य प्रशिक्षकको रुपमा रहने छन् । उनले क्लबसँग चार वर्षको सम्झौता गरेका छन् ।
कोम्पनीले सिटीबाट चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेका थिए ।
कोम्पनीले सिटीबाट ३ सय ६० खेलमा २० गोल गरेका थिए ।
बेल्जियमका लागि उनले ८९ खेल खेलेका छन् ।
