एजेन्सी । युरोपा लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज (सोमबार) हुँदैछ ।
दोस्रो सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलान र युक्रेनी क्लब शाख्तर डोनेस्कबीच प्रतिस्पर्धा हुनेछ ।
जर्मनीको डुसेलड्रोफमा हुने इन्टर र शाख्तरबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
मेर्कुर एरिनामा मैदान उत्रदा दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुने छन् ।
दुई टिमबीचको विजेताले फाइनलमा सेभियासँग खेल्नेछ । फाइनल अगस्ट २२ मा हुनेछ ।
पहिलो सेमिफाइनलमा पाँच पटकको च्याम्पियन सेभियाले म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।
युक्रेनी क्लबविरुद्ध इन्टर केहि बलियो देखिएको छ । निकै लयमा रहेका रोमेरो लुकाकु, लाउटरो मार्टिनेज र एलेक्सिस सान्चेज जस्ता खेलाडी इन्टरसँग रहेको छ ।
तर, इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे शाख्तर सबैभन्दा कठिन प्रतिद्वन्दी भएको मान्छन् ।
'हामीले शाख्तरलिया धेरै सम्मान गर्नु पर्छ । युरोपा लिगमा हामीले सामना गरेका सबैभन्दा कठिन प्रतिद्वन्दी उनीहरु हुन्,' कोन्टेले भने, 'हामी सेमिफाइनलमा कसरि आईपुग्यौं हामीले कारण देखाउनु सक्नु पर्नेछ कोन्टे हाम्रो लक्ष्य फाइनल पुग्नु हो ।'
इन्टरले क्वाटरफाइनलमा जर्मन क्लब बायर लिवरकुसेनलाई २-१ ले हराएको थियो ।
सन् २००९/१० को सिजन च्याम्पियन्स लिगको उपाधि जितेपछि इन्टर पहिलो पटक युरोपियन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
शाख्तरले भने क्वाटरफाइनलमा बसेललाई ४-१ गोल अन्तरले हराएको थियो ।
अब इन्टरलाई हराएर शाख्तर पहिलो पटक युरोपा लिगको फाइनल पुग्न चाहन्छ ।
जसका लागि क्लब तयार भएको प्रशिक्षक लुइस कास्ट्रो बताउँछन् ।
'हामीलाई थाहा छ कठिन टोलीसंग प्रतिस्पर्धा छ । यो कुनै अचम्मको कुरा होईन । हामी यसका लागि तयार छौँ । इन्टरले पानी कठिनाईको सामना गर्नु पर्नेछ,' उनले भनेका छन् ।