एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का गोलकिपर केलर नाभासले च्याम्पियन्स लिगको सेमिफाईनल खेल गुमाउने भएका छन् ।
चोटका कारण नाभासले मंगलबार हुने आरबी आइपेजिगबिरुद्धको सेमिफाईनल खेल गुमाउने भएका हुन् ।
फ्रान्सेली क्लब पीएसजीले च्याम्पियन्स लिगको सेमिफाईनल खेलमा सोमबार जर्मन क्लब आरबी लाइपजिगबिरुद्ध खेल्दैछ ।
नाभास चोटकै कारण अभ्यास सत्रमा समेत सहभागी हुन पाएनन् । क्वार्टरफाईनलको खेलमा उनी एटलान्टाबिरुद्धको खेलमा ७९ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

पछिल्लो रिपोर्ट अनुसार उनी ह्यामस्टिङका कारण लाइपेजिगबिरुद्ध खेल्न सक्ने छैनन्
नाभासले यस सिजन पीएसजीमा पर्याप्त मौका पाएका थिए । उनले ३४ खेलमा सहभागी बनेका थिए । उनले युरोपका ८ खेलमा सहभागी हुने मौका पाए ।
फुलह्यामका पूर्व गोलकिपर सर्जियो रिसोले नाभासको स्थान लिनेछन् ।

चेल्सीका पूर्व खेलाडी मार्किन बुल्का बेन्च गोलकिपरको रुपमा रहनेछन् ।
सेभियाबाट पीएसजीमा लोनमा आएका रिसो अर्को सिजन फ्रान्समा बस्ने निश्चित छैन ।
सिजन अबरुद्ध बनेपछि रिसोले पीएसजीसंग अल्पकालिन सम्झौता गरेका थिए । उनी यस सिजनको अन्तिमसम्म पीएसजीमा रहनेछन् ।