एजेन्सी । युरोपा लिग फुटबलको सेमिफाईनल खेलमा म्यान्चेष्टर युनाईटेड र सेभियिा आज (आईतबार) राति भिड्दैछन् ।
युनाईटेडका मुख्य प्रशिक्षक आले गुनर सोल्सायरले सेभियाबिरुद्धको खेलमा लागि मुख्य खेलाडीलाई टिममा बोलाएका छन् ।
युनाईटेड सन् २०१६÷१७ पछि पहिलो पटक मुख्य उपाधिबाट मात्र दुई खेल टाढा छ ।
युनाईटेडले यस सिजन ईएफएल र एफ ए कपको सेमिफाईनल खेल गुमाएको थियो ।
'तिमीलाई राम्रोसंग थाहा छ, जब तिमी सेमिफाईनलमा पुग्छौ, तिमले ठुला टिमबिरुद्ध खेल्नुपर्छ ।' सोल्सायरले भनेका छन् ।
'यो ठुलो खेलाडीलाई संयोजक गर्ने समय हो ।' उनले भने ।
'तिमीले सतप्रतिशत खेलमा दिन आवश्यक छ । किनकी सानो चिजले खेल परिवर्तन गर्न सक्छ । हामीले सिकेका छौ । सेमिफाईनलको खेल हार्नु निकै पिडादायी हुन्छ ।' उनले थपे ।
पाँच पटकको विजेता सेभियाले प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेमिफाईनल यात्रा तय गरेको थियो ।
'हामीले तयारी र खेलमा फर्कन राम्रो तयारीको मौका पायौ । सोल्सायरले भने, हामीले ६ दिनको समय पायौ । हामी तयार छौ ।' उनले भने ।
'हामीले यस सिजन दुई सेमिफाईनल खेलिसकेका छौ । हामी जति सक्दो अघि जान चाहन्छौ । तर हामी सन्तुष्ट छैनौ ।' सोल्सायरले भने ।
विजेता टिमले फाईनलमा ईन्टर मिलान र शख्तर डोनेस्कसंग प्रतिस्पर्धा गर्नेछ ।