एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनले प्रिमियर लिगको 'प्लेयर अफ दि सिजन' अवार्ड जितेका छन् ।
प्रिमियर लिगमा सन् २०१९/२० को सिजन उत्कृष्ट खेलाडी बन्दै ब्रुएनले 'प्लेयर अफ दि सिजन' अवार्ड जितेका हुन् ।
बेल्जियममा मिडफिल्डर ब्रुएनले लिभरपुलका ट्रेन्ड एलेक्सजेन्डर आर्नोल्ड, जोर्डन हेन्डरसन, साडियो माने, साउथह्याम्पटनका डानी इन्ग्स, लेष्टरका जेमी भार्डी र बर्नलीका गोलकिपर निक पोपलाई पछि पार्दै यस अवार्ड हात पारेका हुन् ।
म्यानचेस्टर सिटीलाई लिगको दोस्रो बनाउन महत्वपूर्ण प्रदर्शन गरेका ब्रुएनले यस सिजन १३ गोल गरेका थिए । यस्तै उनले गोलका लागि २० असिस्ट गरेका थिए ।
२९ वर्षीय ब्रुएन यस अवार्ड जित्ने बेल्जियमका तेस्रो खेलाडी हुन् ।
यस अघि इडेन हाजार्ड र भिन्सेन्ट कोम्पनीले यस अवार्ड जितेका थिए ।