एजेन्सी । इंग्लिस क्लब वाट्फोर्डले भ्लादमिर आइभिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
प्रिमियर लिगबाट रेलिगेसनमा परेको वाट्फोर्डले एक सिजनको लागि आइभिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
इजरायली क्लब माकब्बी तेल अभिभलाई दुई सिजन लिग च्याम्पियन बनाएपछि गत जुलाईमा आइभिकले क्लब छाडेका थिए ।
४३ वर्षीय सर्बियन प्रशिक्षक आइभिकको नेतृत्वमा वाट्फोर्डले अबको सिजन च्याम्पियनसिप खेल्नेछ ।
क्लब रेलिगेसनमा परेपछि वाट्फोर्डले मुख्य प्रशिक्षक निगेल पेयरसनलाई बर्खास्त गरेको थियो ।
'म आफैं र मेरो कोचिङ स्टाफबाट ठूलो अपेक्षा राखेको छु,' क्लबसँगको सम्झौतापछि आइभिकले भने,' इंग्ल्यान्डमा मेरो पहिलो हो । क्लबमा राम्रो गर्न मेरो लागि महत्वपूर्ण रहन्छ ।'
पछिल्लो एक वर्षमा वाट्फोर्डको प्रशिक्षक बन्ने उनी चौंथो प्रशिक्षक हुन् । एक वर्ष भित्र वाट्फोर्डले तीन प्रशिक्षकलाई बर्खास्त गरिसकेको छ ।