एजेन्सी । म्यान्चेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुइनले आफुहरुले अझ धेरै कुरा जान्न आवश्यक रहेको बताएका छन् ।
च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो पटक क्वार्टरफाईनलबाट बाहिरिएपछि मिडफिल्डर ब्रुइनले आफुहरुले धेरै कुरा सिक्न आवश्यक रहेको बताएका हुन् ।
मौसा डेम्बेलेले अन्तिम समयमा दुई गोल गरेपछि फ्रान्सेली क्लब लियोनले सिटीलाई पराजित गर्दै सेमिफाईनलमा बायर्न म्युनिखसंगको भिडन्त पक्का गरको छ ।
‘यो फरक बर्ष हो, तर उस्तै रह्यो ।’ ब्रुइनले भनेका छन् ।

सिटीले दोस्रो स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो । उसले एकमात्र उपाधिको रुपमा यस सिजन इपीएएल ट्रफी प्राप्त गर्यो ।
सिटीले अघिल्ला तीन च्याम्पियन्स लिगको सिजनमा मोनाकोसंग अन्तिम १६ तथा लिभरपुल र टोटेनहमसंग क्वार्टरफाईनलको खेलमा पराजित बनेको थियो ।
‘पहिलो हाफ राम्रो थिएन । तर दोस्रो हाफमा हामीले राम्रो खेल्यौ । र हामीले दबाब समेत दियौ ।’ ब्रुइनले भने, ‘हामी धेरै आक्रमक बन्यौ । लियोनले धेरै अवसर सिर्जना गरेन तर हामीले सिक्न आवश्यक छ ।’