एजेन्सी । इंग्लिस क्लब आर्सनलका हेड अफ फुटबल राउल सन्लेहीले क्लब छाडेका छन् ।
आर्सनलले शनिबार एक विज्ञप्ति निकाल्दै राउलले क्लब छाडेको जनाएको छ ।
बार्सिलोनाका पूर्व डिरेक्टर समेत रहेका राउल सन् २०१८ मा आर्सनलको हेड अफ फुटबल नियुक्त भएका थिए ।
आर्सनलले राउलको स्थानमा म्यानेजिङ डिरेक्टर रहेका भिनाई भेन्कातेशामलाई नियुक्त गरिएको समेत जनाएको छ ।
'हामी आज हेड अफ फुटबल राउल सन्लेहीले क्लब छाडेको घोषणा घोषणा गर्दछौं र म्यानेजिङ डिरेक्टर भिनाई भेन्कातेशामले नेतृत्व गर्ने छन्,' आर्सनलले विज्ञप्तिमा भनेको छ ।