एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम क्वाटरफाइनल खेल आज (शनिबार) हुँदैछ ।
पोर्चुगलको लिस्बनमा हुने अन्तिम क्वाटरफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच प्रतिस्पर्धा हुनेछ ।
इंग्लिस क्लब सिटी र फ्रेन्च क्लब लियोनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
प्रतिस्पर्धाका लागि मैदान उत्रदा उबाई टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा हुने छन् ।
विजेताले अन्तिम चारमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ । बायर्न बार्सिलोनालाई ८-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
फ्रेन्च क्लबको तुलनामा सिटी बलियो देखिएको छ । किनकि सिटीले अन्तिम १६ मा बलियो टिम रियल मड्रिडलाई हराएको थियो ।
तर, इटालियन क्लब युभेन्ट्सलाई पन्छाएको लियोनलाई सिटीले सहज आक्ने छैन ।
सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले घरेलु फुटबलको नकआउट प्रतियोगिताको अनुभवले लियोनलाई हराउने बताउँछन् ।
‘जब तिमी पहिलो लेग खेल्छौ । तिम्रो एक आँखा दोस्रो लेगमा हुन्छ ।’ ग्वार्डीओलाले भने, ‘तर एफए कप र काराबाओ कपमा हामी अभ्यस्त छौ । त्यहाँ कुनै दोस्रो अवसर हुने छैन । तिमी भित्र पस वा बाहिर निस्क । यो प्रस्तुती निकै फरक हुनेछ ।’
लियोनविरुद्ध उत्रदै गर्दा सिटीसंग फरवार्ड सर्जियो अग्युरो हुने छैनन् । निलम्बनपछि बेन्जामिन मेन्डीको आगमनले सिटीलाई राहत दिनेछ ।
‘जे पनि हुन सक्छ । यो नकआउट खेल हो । तर हामी तयार छौ,’ ग्वार्डीओलाले थपे ।