एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको 'म्यानेजर अफ दि सिजन' अवार्ड जितेका छन् ।
प्रिमियर लिगले शनिबार क्लोपलाई २०१९/२० को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो ।
जर्मन प्रशिक्षक क्लोपले लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
लिभरपुलले ३० वर्षपछि पहिलोपटक लिगको उपाधि जितेको थियो ।
क्लोपले फ्रान्क लाम्पार्ड, कृष् विल्डर, ब्रेण्डन रोजर्सलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
क्लोपले यसै वर्ष 'एलएमए म्यानेजर अफ दि इयर' अवार्ड समेत जितेका थिए ।
लिग म्यानेजर्स एसोसिएसनले क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।