एजेन्सी । इंग्लिस क्लब आर्सनलले ब्राजिलियन विंगर विलियनलाई अनुबन्ध गरेको छ ।
आर्सनलले शुक्रबार विलियनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको जनाएको छ ।
विलियनले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका छन् । ३२ वर्षीय विंगरले आर्सनलमा १२ नम्बरको जर्सी लगाउने छन् ।
विलियनले यस सिजनको अन्त्यसँगै चेल्सी छाडेका थिए । चेल्सीसँग लामो सम्झौता गर्न असफल भएपछि विलियनले क्लब छाडेका थिए ।
सन् २०१३ देखि २० सम्म चेल्सीका लागि विलियनले ३ सय ३९ खेल खेलेका थिए ।
उनले चेल्सीका लागि ६३ गोल र ५६ अस्सिट गरेका थिए ।
चेल्सीका लागि विलियन दुई प्रिमियर लिग र एफए कप र युरोपा लिग जितेका थिए ।