एजेन्सी । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजकमा चिनियाँ मोबाइल कम्पनी भिभो नरहने भएकाे छ ।
भारत र चीनबीच पछिल्लो समय चुलिएको सिमा विवादका कारण भिभोले आईपीएलको मुख्य प्रायोजक नरहने भन्दै भारतीय क्रिकेट बाेर्ड (बीसीसीआई)लाई पत्र लेखेकाे थियाे ।
बीसीसीआईले आधिकारिक रुपमा मुख्य प्रायोजकसँगको सम्झौताबारे केहि बताएको छैन । तर, बीसीसीआईले भिभोसँगको सम्झौता रद्द गर्ने तयारी गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
१३ औं संस्करणको आईपीएलमा भिभोकाे पछिल्लाे कदमबारे बिहीबार निर्णय हुने बताईएको छ ।
यस अघि बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरेको थियो ।
यस वर्षको आईपीएल युएईमा आयोजना हुदैछ । आईपीप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
आईपीएलको मुख्य प्रायोजकको रुपमा भिभोले बार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको छ । कोभिड–१९ को असरका कारण कुनैपनि नयाँ कम्पनीलाई यति धेरै रकम आईपीएलमा लगाउन समस्या पर्ने ठानिएको छ ।
भिभोले सन् २०१७ मा आईपीएलको मुख्य प्रायोजक २ हजार १ सय ९९ करोड भारतीय रुपैयाँमा हात पारेको थियो । भिभो भन्दा अगाडी पेप्सीले आईपीएललाई मुख्य प्रायोजनको रुपमा सघाउदै आएको थियो ।
बढ्दो तनावका कारण चीनियाँ सामानलाई बहिष्कार गर्नुपर्ने अभियान भारतमा चलेको छ । सोही कारण आईपीएलको मुख्य प्रायोजक चीनियाँ कम्पनीको भिभोलाई हटाउनुपर्ने माग समेत उठेको हाे । बढ्दाे विवादका कारण भिभाेले आईपीएलबाट यस सिजनका लागि हात झिकेकाे हाे ।
भिभाेकाे विकल्पमा जियाे, टाटा र पेप्सीले मुख्य प्रायाेजककाे रुपमा आईपीएलमा रहने इच्छा देखाएका छन् ।