एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
युनाइटेडले २०२०/२१ को सिजनका लागि मंगलबार नयाँ जर्सी सार्वजनिक गरेको हो ।
युनाइटेडको नयाँ जर्सी एडिडास कम्पनीले बनाएको हो । युनाइटेडले अघिल्लो सिजनको तुलनामा केहि फरक डिजाइनको जर्सी बनाएको छ ।
नयाँ सिजनको जर्सी बजारमा उपलब्ध भएको समेत युनाइटेडले जनाएको छ ।
यस सिजन युनाइटेड लिगको तेस्रो स्थानमा रहेको थियो ।
प्रिमियर लिगको नयाँ सिजन आगामी सेप्टेम्बर १२ बाट सुरु हुनेछ । सिजन २०२१ को मे २३ मा सकिनेछ ।

