चेल्सीलाई समय नपुग्ने !

एजेन्सी । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले सेप्टेम्बर १२ बाट सूरु हुने नयाँ सिजन चेल्सीका लागि निकै चाँडो हुने बताएका छन् ।
उनले आफ्नो खेल तालिकालाई हेर्दा सेप्टेम्बरबाट सुरु हुने नयाँ सिजन आफुलाई निकै चाँडो हुने प्रतिक्रिया दिएका हुन् ।
गत महिना सन् २०२०–२१ को सिजनको नयाँ मिति तय भएको छ । चेल्सीले आगामी शनिबार बायर्न म्युनिखसंग च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल खेल्दैछ ।
पहिलो लेगमा चेल्सी ३–० ले पछि परेको छ । यदी शनिबार पराजित बनेमा समेत चेल्सीलाई नयाँ सिजनको प्रिमियर लिगको तयारी गर्न मात्र ३५ दिन प्राप्त हुनेछ ।
‘खेलाडीको स्तर र क्षमता अनुसार खेल्नका लागि ब्रेक दिन आवश्यक छ ।’ लाम्पार्डले भनेका छन् ।
नयाँ मितिको बिषयमा प्रिमियर लिग क्लबहरुले टुङ्गो लगाउँदा चेल्सीलाई कम्तिमा ३० दिनको आराम दिने बिषयमा स्पष्ट पारिएको थियो । यस्तै युरोपेली प्रतियोगिता खेल्ने अन्य टिमको बिषयमा समेत सो बिषय लागू हुने बताईएको थियो ।
म्यान्चेष्टर सिटीले अझै च्याम्पिन्स लिग खेल्न बाँकीनै छ । च्याम्पियन्स लिगको फाईनल खेल अगष्ट २३ मा राखिएको छ ।
म्यान्चेष्टर युनाईटेड र उल्भ्स पनि युरोपा लिगमा खेल्नै छ । युरोपा लिगको फाईनल खेल अगष्ट २१ मा खेलाउने तयारी छ ।
लाम्पार्डले चोटका कारण विङ्गर विलियन र रुबेन लोफ्टस चीकलाई एफ ए कपको फाईनल अघि टिम बाहिर राखेका थिए ।
आर्सनलसंग फाईनल २–१ ले पराजित बनेको खेलमा चेल्सीले फरवार्ड क्रिस्टियन पुलिसिकलाई गुमाएको थियो ।