अन्तिम खेलमा फियोरेन्टिनाको जित

एजेन्सी । इटालियन सिरी 'ए' फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा फियोरेन्टिनाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा फियोरेन्टिनाले एसपीएललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
फियोरेन्टिनालाई जित दिलाउन अल्फ्रेड डुनकान, क्रिस्टियन कोउमे र एरिक पुल्गारले एक एक गोल गरे । एसपीएलका मार्को डी'एलेसान्ड्रोले एक गोल फर्काए ।
जितसँगै फियोरेन्टिनाले लिगको दशौँ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । फियोरेन्टिनाले ३८ खेलमा ४९ अंक जोड्यो ।
२० अंक जोडेको एसपीएल पुछारमा रहदै रेलिगेसनमा परेको छ ।
यस्तै रेलिगेसनमा पर्ने अन्य टोलीमा ब्रेसिया र लेसे रहेका छन् ।
अन्तिम खेलमा लेसे पर्मासँग ४-३ गोल अन्तरले पराजित भयो । ब्रेसियाले साम्पडोरियासँग १-१ गोलको बराबरी खेलेको थियो ।
सिरी 'ए' को सिजनको अन्तिम खेल अन्तर्गत नै उडिनेजेले सासोउलोलाई १-० ले हराएको छ । जिओनाले भेरोनालाई ३-० ले पराजित गर्दा टोरिनो र बोलोग्नाले १-१ गोलको बराबरी खेलेका छन् ।