• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युरोपियन फुटबलका उत्कृष्ट ५ विंगर !
खेलपाटी संवाददाता
आइतबार, साउन १८, २०७७ खेलपाटी संवाददाता
युरोपियन फुटबलका उत्कृष्ट ५ विंगर !

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण करिब तीन महिना अवरुद्ध युरोपियन क्लब फुटबलको सिजन लगभग समाप्त भईसकेको छ ।

युरोपकै सर्वाधिक ठुला र चर्चित लिग इंग्लिस प्रिमियर लिग,स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा समाप्त भईसकेको छ ।

इटालियन सिरी 'ए' को अन्तिम चरणको केहि खेल बाँकी रहेको छ । फ्रेन्च लिग भने कोरोनाको महामारीपछि रद्द भईसकेको छ ।

कोरोनाले प्रभावित यस सिजनको अन्त्यसँगै खेलाडीहरुले गरेको प्रदर्शनको मूल्यांकन सुरु भएको छ ।

युरोपियन क्लब फुटबलमा यस सिजन खेलाडीले कस्तो प्रदर्शन गरे ? कुन पोजिसनमा कुन खेलाडी जमे ? यसको तथ्यांक निकाल्न सुरु भएको छ ।

यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने युरोपका ५ विंगरको चर्चा तल गरिएको छ ।

१. रहिम स्ट्रर्लिङ

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले यस सिजन लिगको उपाधि रक्षा गर्न सकेन । सिटीले यस सिजन उपाधि लिभरपुललाई सुम्पियो ।

तर, सिटीका विंगर रहिम स्ट्रर्लिङको प्रदर्शन भने उच्च रह्यो । उनको उच्च प्रदर्शनसँगै सिटी यस सिजन दोस्रो स्थानमा रह्यो ।

इंग्ल्यान्डका विंगर स्ट्रर्लिङले यस सिजन लिगमा २० गोल पुरा गरे । स्ट्रर्लिङ गोल्डेन बुटको दाबेदारको शीर्ष चारमा रहे ।

Manchester City v Arsenal FC - Premier League

२५ वर्षीय विंगरले यस सिजन सिटीका लागि सबै खाले प्रतियोगितामा भने ३० गोल कटाए । जुन उनको करियरको उत्कृष्ट सिजन हो ।

त्यसैले यस सिजन उत्कृष्ट विंगरको सूचीमा स्ट्रर्लिङ शीर्ष स्थानमा रहेका छन् ।

२. जाडोन सान्चो

जर्मन क्लब बोरुसिया डर्टमण्डका विंगर सान्चो यस सिजनको उत्कृष्ट विंगर मध्येका एक हुन् । डर्टमण्डका लागि उत्कृष्ट खेलेका सान्चोले यस सिजन १७ गोल र १६ गोलका लागि पास उपलब्ध गराउन सफल भएका थिए ।

२० वर्षीय युवा विंगर सान्चो युरोपियन फुटबलकै आक्रमक खेलाडी हुन् । यस सिजन गरेको उच्च प्रदर्शनकै कारण उनलाई अनुबन्ध गर्न थुप्रै क्लब लागि परेका छन् ।

SC Paderborn 07 v Borussia Dortmund - Bundesliga
इंग्ल्यान्डका सान्चो गोल गर्न, पास उपलब्ध गराउन माहिर मानिन्छन् । स्किल र पेसको कारण पनि सान्चो चर्चित छन् ।

यस सिजन बुन्डेसलिगामा डर्टमण्ड दोस्रो स्थानमा रह्यो । तर, सान्चोको प्रदर्शन भने सम्झन लायक रह्यो । उनी यस सिजनको गोल्डेन ब्वाई अवार्डको हकदार हुन् ।

३. साडियो माने

लिभरपुलका विंग मानेर यस सिजनको उत्कृष्ट विंगर हुन् । किनकि लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण रह्यो ।

लिभरपुलले करिब ३० वर्षपछि प्रिमियर लिगको उपाधि उचाल्यो । जसमा मानेको प्रदर्शन सम्झनलायक रह्यो ।

Liverpool FC v Chelsea FC - Premier League

सेनेगलका मानेले यस सिजन लिगमा १८ गोल समेत गरे । लिभरपुलमा माने यस सिजन मोहमद सलाहको मुख्य साझेदारको रुपमा रहे ।

प्रशिक्षक योर्गेन क्लोपको आगमनपछि माने लिभरपुलका लागि मुख्य विंगरको रुपमा रहदै आएका छन् । उनी बल पकड राख्न, गोल गर्न र चलाखीपूर्ण पास उपलब्ध गराउन माहिर मानिन्छन् ।

४. मोहमद सलाह

लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन सलाहको प्रदर्शन उच्च रह्यो । त्यसैले पनि उनी यस सिजन युरोपियन फुटबलका उत्कृष्ट विंगर मध्येका एक हुन् ।

एनफिल्डको मुख्य अट्याकरको रुपमा रहदै आएका सलाहले यस सिजन १९ गोल गरे । उनी गोल्डेन बुटको दाबेदारको शीर्ष पाँचमा रहे ।

Liverpool FC v Chelsea FC - Premier League

इजिप्टका सलाह प्रिमियर लिगमा यस सिजन १० भन्दा बढी गोल र असिस्ट गर्ने तीन खेलाडी रहे । सलाहसँगै सिटीका केभिन डी ब्रुएन र टोटेनहमका सन ह्युङ् मिन पनि दोहोरो अंकको गोल र असिस्ट गर्ने खेलाडी रहे ।

लिभरपुलमा तीन सिजन बिताईसकेका सलाहले हरेक सिजन उत्कृष्ट खेलिरहेका छन् । गत सिजन क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल सलाहले यस इजं क्लबलाई लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे ।

उनले लिभरपुलका लागि १०४ खेलमा ७३ गोल र २७ असिस्ट गरिसकेका छन् ।

५. नेयमार

यस सिजनको शीर्ष पाँच विंगरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार पनि एक हुन् ।

ब्राजिलियन नेयमारले यस सिजन क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । कोरोनाको कारण फ्रेन्च लिग पुरा नभएपनि नेयमारले खेलेको खेलमा आफ्नो कौशल भने देखाए ।

नेयमारले यस सिजन क्लबका लागि १९ गोल गरे । यस्तै गोलका लागि ८ असिस्ट समेत गरे ।

Image

यस सिजन पीएसजीको केहि महत्वपूर्ण खेलमा नेयमारले निर्णायक गोल समेत गरे । नेयमारको उत्कृष्ट प्रदर्शनको कारण पीएसजीले यस सिजन लिग वान, फ्रेन्च कप र लिग कपको उपाधि समेत उचाल्यो ।

नेयमारले पीएसजीका लागि हालसम्म ७५ खेलमा ६५ गोल गरिसकेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP