एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्लब फुटबलमा जर्मनीको बायर्न म्युनिखले फ्रान्सको मार्सेलीलाई पराजित गरेको छ ।
शुक्रबार राति भएको मैत्रीपूर्ण बुन्डेसलिगा च्याम्पियन बायर्नले मार्सेलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नलाई जित दिलाउन सेर्गी गनाब्रीले निर्णायक गोल गरे । उनले खेलको १९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारीको लागि बायर्नले मार्सेलीसँग खेलेको हो ।
यस सिजन बायर्नले बुन्डेसलिगाको उपाधि जितेको थियो ।
