क्यामरुनका पूर्व कप्तान स्टेफेनको निधन
२०२० जुलाई ३१, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । क्यामरुनको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान स्टेफेन टाट्वको निधन भएको छ ।
डिफेन्डर स्टेफेनको शुक्रबार ५७ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको कारण भने खुलाईएको छैन ।
स्टेफेनको कप्तानीमा क्यामरुन सन् १९९० को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । र, क्यामरुन विश्वकपको क्वाटरफाइनल पुग्ने पहिल अफ्रिकन राष्ट्र बनेको थियो ।
इटालीमा भएको त्यस विश्वकपमा क्यामरुनले अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएको थियो ।
अन्तिम आठमा भने क्यामरुन इंग्ल्यान्डसँग अतिरिक्त समयमा ३-२ ले पराजित भएको थियो ।