लिभरपुलका प्रमुख कार्यकारीले क्लब छाड्ने
२०२० जुलाई ३१, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका प्रमुख कार्यकारी पिटर मोरेले क्लब छाड्ने भएका छन् ।
तीन वर्षबाट लिभरपुलको प्रमुख कार्यकारी रहेका मोरेले अगस्टको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।
मोरेको स्थानमा लिभरपुलले बिलि होगनलाई प्रमुख कार्यकारी नियुक्त गर्ने बताईएको छ । उनी अहिले क्लबका म्यानेजिङ डिरेक्टर रहेका छन् ।
मोरे क्लबमा रहदा लिभरपुलले ३० वर्षपछि पहिलो पटक लिगको उपाधि उचाल्यो । यस्तै लिभरपुलले च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप समेत उचाल्यो ।
'यो प्रशिक्षक, खेलाडीहरु र कर्मचारीहरुको एक असाधारण उपलब्धि हो । टोली पूर्ण रूपमा योग्य छ,' क्लब छाड्ने घोषणा गर्दै मोरेले भने,' 'ती सम्झनाहरुलाई म सँधै माया गर्नेछु ।'