एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
युभेन्ट्सले शुक्रबार २०२०/२१ को सिजनका लागि जर्सी सार्वजनिक गरेको हो ।
सिरी 'ए' च्याम्पियन युभेन्ट्सले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
युभेन्ट्स यस सिजन दुई खेल अगाबै लिगको उपाधि जितिसकेको छ ।
यस सिजन सिरी 'ए' अन्तिम खेलहरु बाँकी रहेको छ ।

