एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
रियलले शुक्रबार सन् २०२०/२१ को सिजनका लागि होम र अवे जर्सी सार्वजनिक गरेको हो ।
एडिडास कम्पनीले बनाएको नयाँ जर्सी आकर्षक बनाईएको छ ।
रियलले होम जर्सी आफ्नो ट्रेडमार्क रङ्ग सेतो र अवे जर्सी गुलाबी रङ्गको बनाएको छ ।
यस सिजन रियलले बार्सिलोनालाई पछि पार्दै ला लिगाओ उपाधि जितेको थियो ।


