एजेन्सी । इटालियन लिजेण्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लोलाई युभेन्ट्सले यू-२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
युभेन्ट्सले पूर्व मिडफिल्डर पिर्लोलाई बिहीबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
युभेन्ट्सले एक विज्ञप्ति निकाल्दै पिर्लोलाई मुख्य प्रशिक्षक चयन गरिएको जनाएको छ ।
पिर्लोसँगको अन्य सम्झौताबारे भने युभेन्ट्सले केहि बताएको छैन् ।
४१ वर्षीय पिर्लो पाँच वर्षपछि प्रशिक्षकको रुपमा युभेन्ट्स फर्किएका हुन् । उनले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए ।
सन् २०११ मा युभेन्ट्स आएका पिर्लोले २०१५ सम्म १ सय १९ खेलमा १६ गोल गरेका थिए ।