एजेन्सी । साउदी अरेबियाको कम्पनीहरु इंग्लिस क्लब न्युकासल युनाइटेड खरिद गर्ने प्रक्रियाबाट पछि हटेको छ ।
साउदीका राजकुमार महमद बिन सलमान प्रमुख रहेको सार्वजनिक लगानी कोष (पीआईएफ) सहित पीसीपी क्यापिटल पार्टनर र रूबेन ब्रदर्श न्युकासल किन्ने प्रक्रियाबाट पछि हटेको हो ।
पीआईएफ, पीसीपी र रूबेन ब्रदर्शले बिहीबार एक विज्ञप्ति निकाल्दै खरिद प्रकिया फिर्ता लिईएको जनाएका छन् ।
'न्युकासल समुदाय र यस क्लबको महत्वको लागि गहिरो कदर गर्दै न्युकासल युनाइटेड अधिग्रहणबाट हामी फिर्ता हुने निर्णय गरेका छौँ,' विज्ञप्तिमा भनिएको छ ।
यस अघि न्युकासलका मालिकले क्लब बेच्ने निर्णय गर्दै बोलपत्र आह्वान गरेको थियो । जसमा साउदी अरबका कम्पनीहरुले क्लब किन्न सर्वाधिक इच्छा देखाएका थिए ।