कम्युनिटी शिल्डको फाइनल अगष्ट २९ मा
२०२० जुलाई २९, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । कम्युनिटी शिल्ड फुटबलको फाइनल खेल अगष्ट २९ मा हुने भएको छ ।
इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले कम्युनिटी शिल्डको फाइनल अगष्ट २९ मा हुने पक्का गरेको छ ।
फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ ।
प्रिमियर लिग च्याम्पियन र एफए कप विजेताबीचको विजेता कम्युनिटी शिल्डको लागि खेल्ने गर्छन् ।
फाइनलमा लिभरपुलले चेल्सी र आर्सनलबीचको विजेतासँग खेल्नेछ । लिभरपुल प्रिमियर लिग विजेता हो ।
यस्तै चेल्सी र आर्सनलले एफए कपको फाइनलमा खेल्नेछ । एफए कपको फाइनल खेल अगष्ट १ मा हुनेछ ।