रोनाल्डो फुटबलका माइकल जोर्डन !

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसे लिंगार्डले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बास्केटबलका महान खेलाडी माइकल जोर्डनसँग तुलना गरेका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै लिंगार्डले रोनाल्डोलाई एनबीए लेजेण्ड जोर्डनसँग तुलना गरेका हुन् । उनले रोनाल्डो फुटबलको जोर्डन बताएको बताए ।
'रोनाल्डोले आफ्नो करियरमा सबै उपलब्धि हासिल गरे । उनले क्लबबाट धेरै उपाधि जितेका छन् । मलाई विश्वास छ उनी फुटबलका वास्तविक आइकन हुन् । फुटबलका माइकल जोर्डन हुन्,' लिंगार्डले भने ।
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डोले फरक तीन लिगको उपाधि जितेका छन् । यसै सिजन रोनाल्डो प्रेणित युभेन्ट्सले सिरी 'ए' को उपाधि जितेको छ ।
त्यसअघि रोनाल्डोले रियल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट लिगको उपाधि जितेका थिए ।
रोनाल्डोले युनाइटेडबाट खेल्दा लिंगार्ड क्लबको एकेडेमीमा रहेका थिए । दुवैले एकै टिमबाट खेलेका छैनन् । तर, फरक टिमबाट खेलेका छन् ।
'मैले उनीविरुद्ध केहि पटक खेलेको छु । उनले मलाई समस्यामा पार्यो ? हैन उनी खराब थिएनन्,' लिंगार्डले भने ।